म गाउँ फर्कें
त्यो चप्लेटी ढुङ्गा र
नारायण थानलाइे
सम्झेर,
मैले शहर छाडेँ
मेरा साथीहरु
हरी र कृष्णको
सम्झना मनमा साँचेर ।
उफ!!!!!!!!!!!
जब गाउँको समिप
मेरा पाइेलाहरु पुगे
चप्लेटी ढुङ्गाका छातीभरी
"आइे लभ यु" अङ्रेजी अक्षरहरु
सजिएको पाएँ र सम्झें
अतितमा दुई स्वच्छ
मुटुहरुले भाकेका ति कसमहरु
त्यही चप्लेटी ढुङ्गालाई
साक्षी राख्दै ,
अनि.........,
त्यही ढुङ्गाका छातीमा पढेँ
क्रिष्ण र हरिको नाम त
क्रिष र ह्यारिमा
परिभाषित भएको ।
अफ्सोच!
उत्साह र उमंगका
मेरा पाइेलाहरु टक्क अडिए
अनि आफैलाइे सम्झें
म गाउँकै "फूलमाया" भएर
के भो त ?
आखिर शहरकै "रोजी" बनेर
बनावटी बँगैचामा त्रिप्त बनें ।
मैले चप्लेटी ढुङ्गालाइे सम्झेर मात्र
के भो र ?
आखिर शिंगमर्मरले सुसज्जित
आलिशान पार्ककै प्रेम
मन पराएँ ।
फेरि एकपटक घोत्लिएँ
ओहो!समय बद्लियो
न,त म अब
मुना मदनकै
समयको हुँ ,
न,त अहिलेकै
"आइे लभ यु"कै
बिपक्षी हुँ ।
हो अब त.....
मैले यो गाउँलाइे
परिवर्तनकै आँखाले हेर्नु पर्दछ
क्रिष र ह्यारिलाइे
शहरकै युवा ठान्नु पर्दछ
तर.......समग्रमा
पुरातनबादका अप्ठ्याराहरुलाइे
सहज बनाउँनु पर्दछ
आधुनिकताको आडम्बरलाई
जरैबाट माँस्नु पर्दछ ।
हो....मैले यी दुई समयको
अन्तरालको कोशे ढुङो
बन्नुपर्छ,
आफ्नो गाउँलाइे
शहरमा परिवर्तन गर्नु पर्दछ
तर शहरको रहरमा
गाउँ घरकै कला संस्क्रितिलाइे
मासेर होइन,
आफु आदर्शबादको बक्ता मात्र
बनेर होइन ।
ह्यारी, क्रिष र रोजी जस्तै
परिवर्तित नामका मथिंगलहरुमा
नेपालीकै अस्तित्व देखिने
पहिचान बनेर
हो....मैले यी दुई समयको अन्तरालको कोशे ढुङो बन्नुपर्छ,
0 comments:
Post a Comment