रुबाइेयत
कल्पनामा चँन्द्रमा टिप्नु छैन
नहुने कुराको जाल खिप्नु छैन
साँचो जे छ ढिलो,चाँडो देखिन्छ नै
चिरा पर्यो भनेर मन लिप्नु छैन ।
दशै आयो आफन्तको याद छाडेर गयो
अतितका स्मरण मन्मा गाडेर गयो
धनी मनीले त हाँसी खुशीले टारे होलान्
गरीबलाइे भने निर्ममतासाथ डाँडेर गयो ।
थोरै खुशी बाँडेपनी मन भने रोइे रह्यो
आँखालाइे आँसुले निरन्तर धोइे रह्यो
सम्झाउँन खोज्ने ति हुल मनहरु
आज बिपत्तिमा साथ खोइे रह्यो ?
( रचना -अक्टोबर -१४/२०११ )
0 comments:
Post a Comment