गज़ल
मुर्ख बुद्धि लिनेलाई पढाई के हुन्छ र ?
भाइ, भाइ एकार्कामा लडाई के हुन्छ र ?
सम्झाउँदा नमान्नेलाई बुझाएर हुन्न है
मुर्खसंग मित्रवत् हात् बढाई के हुन्छ र ?
जस्को मुटु फलामे छ सकिंदैन पगाल्न
उस्को मनमा तिखो काँढा गढाई के हुन्छ र ?
मानवता बिर्सिएर देवताको दास् बन्दै
जन्तु मारी रगत बलि चड़ाई के हुन्छ र ?
आगो संग खेल्ने हरु धेरै हुन्छन अचेल
त्यस्ता अघि आफ्नो मुटु डढाई के हुन्छ र ?
जस्को शीर झुकेकोछ समाजको अगाडी
उस्कै सामु देशको झण्डा ठढाई के हुन्छ र ?
(रचना -नोवेम्बर ३० /२०११ )
ghayalko tarahi musayara
0 comments:
Post a Comment