Wednesday, February 8, 2012

गज़ल

आज फेरि एकान्तमा  रुन मन लाग्यो
मनभरिका पीडाहरु धुन मन लाग्यो /


 पिर ब्यथा बाफिएर मन पोली दिंदा
आकाशको शितल जून छुन मन लाग्यो /


बिगतको ईतिहास सम्झिएर ल्याउँदा
त्यहि बिगत लागु गर्न पुन: मन लाग्यो /


आफन्त र गाउँ घरको सम्झनाले दुख्दा
आफन्तको  नजिकमा हुन मन लाग्यो /


परदेशमा पराईको हप्की दप्की देखि
मीठो बचन बाँड्ने बोली  आफ्नै पन लाग्यो /


( रचना -डिसेम्बर १ /२०११)

0 comments:

Post a Comment