Wednesday, February 8, 2012

गज़ल

किन आउँछ चिहाउँन  पापी जून रातमा
एक्लो प्रहर काटिरैछु कोही छैन साथमा ।


छट्पटिको दिक्दारीले रातै काट्न गार्‍हो भो
बिताइेदिएँ सारा रात निष्ठुरिको यादमा ।


माँगु कस्लाइे सहारा त्यो भरपर्दो भनेर
रित्तो मन तड्पी रैछ स्पर्ष छैन हातमा ।


अन्धकारमा यताउति छामी हेर्छु उस्लाइे
अल्मलिंदै आफै फेरि सपनाको मातमा ।      


मिर्मिरेमा झस्किन्छु म सपनीमा देखेर
हेर्न खोज्छु उन्को मुहार शितसरिको पातमा ।


रचना -नोवेम्बर/ २०/ २०११

0 comments:

Post a Comment