फूलको सम्बेदना मासेर नचुँड है पाप लाग्ला
ठानेर कोमल् सार्है नभाँच तिमीलाई घात लाग्ला ।
नछुनु यसलाई अनायस् लजाई झर्न बेर छैन
जिन्दगी यस्को मास्दा पापिष्ट हत्याराको बात लाग्ला ।
सबैको मन चोर्ने बास्ना नी सुबाशिलो छरिदिने
हेरेर यसलाई भुलेमा स्वार्थीपनको दाग लाग्ला ।
परेर लट्ठ सधैं नचुम स्वार्थी बनी अंग अंग
संसारै बिर्सिएर यसैको जवानीको मात लाग्ला ।
भएर माली यस्को सुरक्षा मिलिजुली गरौं हामी
केवल बास्नालाई रुचाए बिनासित्ती लाज लाग्ला ।
रचना -डेकेम्बर /७ /२०११
0 comments:
Post a Comment