बेतलबी काम हाम्रो ढुङ्गा हान्ने मात्र भयो
केही काम नपाएर नेता छान्ने मात्र भयो ।
ढुक्दै बस्यौँ संबिधान कहिले पो लेख्ला भन्दै
भुत्रो लेख्नु संबिधान खुट्टा तान्ने मात्र भयो ।
कुस्ती,रेस्लिङ खेल्नलाइे धेरै अभ्यास् चाहिन्छ है
बिना अभ्यास् लडाइँ गर्न सबै जान्ने मात्र भयो ।
बस जल्यो बाटा बिग्रे हानी हाम्रै भयो आखिर्
ढुङ्गा मुढा बर्साउँदा ठीक ठान्ने मात्र भयो ।
नेताको रिस पोख्नलाइे नाँस्न माँस्न पाइेन्छ है
यस्तै खालको सोंचले अब ठुलो मान्ने मात्र भयो ।
शान्ती अनी सद्भावना अब गुम्दै गैसक्यो
मार काट गरेर नै जीवन धान्ने मात्र भयो ।
रचना- मे/ २९/ २०११
0 comments:
Post a Comment