Saturday, February 4, 2012

गज़ल

 श्रिंगारिक गजल

सम्झनाले रचिएका शब्दहरु अति मीठा
कल्पनामा बाँधिएका पलहरु कति मीठा ।

भावनामा बहकिँदै अन्मोल सम्झी मायालाइे
भेटेका ति युगलका स्वर्णिम क्षण जति मीठा ।

प्रेमभरी अँगालोमा बाँधिएका प्रेमीबिच
माया मिसाइे बाँडेजति अनौठा ति रति मीठा ।

संसारले पाप सोंचुन्,धर्म सोंचुन् जे नै सोंचुन्
तर पनी दुई मुटुका ढुक्ढुकीका गति मीठा ।

मायालाइे समाजको कलंक नै सम्झे पनि
मायालुलाइे मायाले नै दिलाएका खति मीठा ।

समाजको दुश्मन बनि बाँच्न परे पनि आखिर
आफुलाइे मानि सहि मायालुकै मति मीठा ।

( रचना - जुन/ २/ २०११ )

0 comments:

Post a Comment