Friday, February 3, 2012

गेंडी

दशैरुपी   गमक   गेंडीहरु


दशैँ आयो भनेर केटा केटी रमाँए 
नयाँ नाना भन्दै नी बा'को हात समाँए 
चाड्को लहर ...........,
दशै मान्ने  हुन्छ रहर ......./ 


घर दैलो शुन्य भो छोरा टाढा गएर
चाडबाड मनाए सबै भेला भएर
आशिष् शिरैमा ............,
परदेशी पर्‍यो पिरैमा .........../


बन्चरीले दशै गीत् मीठो गायो भनेर
आमा बाटो हेर्दैछिन् छोरा आयो भनेर
ख्याल ख्यालैमा..........,
बाटो हेर्छिन् बसी झ्यालैमा ........./


यस्पालीको दशैमा खाली भयो निधार
भन्नुसाथ साहुले के पो दिन्थे बिदा र ?
मनै बिसायो ........../
बिदा माग्दा साहु रिसायो .........../ 


तिम्रो आशिष् पाँइेन यो पालिको दशैमा   
आमा तिमी नरुनु आउँला म बसैमा
बस्नु हाँसेर ...........,
चाड मान दु:ख नासेर ............/


(रचना - सेप्टेम्बर/ २५/ २०११ )

0 comments:

Post a Comment