Wednesday, February 8, 2012

गज़ल

सत्यताको बारीमा नि असत्य पो फल्दो रैछ
गुम्बा मन्दिर चैत्य पनि अबिश्वासमा ढल्दो रैछ ।


प्राणी भन्ने जातै यस्तो अहँकारी मात्र बन्ने
एकार्काको विश्वास मासि आफुभित्रै जल्दो रैछ ।


मुर्ती ढुङ्गा पुज्दा मात्र मन चोखो हुन्न कैल्यै
धर्म गर्ने बहनामा अरुलाइे छल्दो रैछ । 


राम नाम साँझ बिहान मुखभरी जप्दै पनि
नक्कली त्यो मनभित्र पाप मात्र पल्दो रैछ ।


जस्ले धेरै दान गर्‍यो उसैको नै नाम अघि
खट्ने भन्दा  बहादुरकै हैकम अझ चल्दो रैछ । 


(रचना जुलाइे/ १/ २०११ )

0 comments:

Post a Comment