स्वार्थ अनि पीडा जती भो जगतमा
यस्तै दु:खद हाल कति भो जगतमा ।
छैन चोखो अब स्वच्छ यो संसारमा
हेर्दाहेर्दै अधोगति भो जगतमा ।
होडबाजी र लुछाचुँडी नै चलेको छ
ओहो!कस्तो दुर्मति नै भो जगतमा ।
मान्छे सबै बनिरैछन् है लोभिपापी
यस्तै लोभले धेरै खति भो जगतमा ।
निस्वार्थ र निष्पापहरु खै! कँहा गए ?
स्वार्थ, पाप अधिपती भो जगतको ।
(रचना -जुलाइे २० २०११ )
0 comments:
Post a Comment