आज भोली गजल लेख्न मन मरि सक्यो
साहित्यको कुराले नै दिल भरि सक्यो ।
भावनामा बहेर नै काम कहाँ चल्छ ?
लेख्ने इेच्छा मनबाट टाढा सरि सक्यो ।
एकोहोरो हुन्थ्यो मन जब लेख्न बस्थें
टोल्हाइे दिने मन अब अन्तै चरि सक्यो।
भावुक बन्दा के नै पाइेयो? रित्तो हात सधैं
भावनाको शब्द जती अब झरि सक्यो ।
लेखन क्षेत्र उदेश्यको प्रथम मार्ग थियो
मनले अब यो पानालाइे बन्द गरि सक्यो ।
(रचना -अगस्त ४ )
0 comments:
Post a Comment