लयमा गजल ,नलेखे पनि,मानिन्छ गजलकार
भाव र शब्द,बाँङ्गिए पनि,ठानिन्छ गजलकार ।
अर्थ न बर्थ,गोबिन्द गाई,जे भने हुन्छ है
थुपारी शब्द,पाएमा लेख्न,जानिन्छ गजलकार ।
गजल गोष्टी,कबिता गोष्टी,चर्चा नै उस्कै छ
लाटाको देशमा,बनेर कबी,छानिन्छ गजलकार ।
गजलको मर्म,केके छ कुन्नी, आँफै नै अन्जान
गजल गोष्ठी,कहाँ छ भन्दै,हानिन्छ गजलकार ।
गजल नीती, केके छ केके, आफै नै बुद्धु छ
गजल बाचन गर्देउ भनी,तानिन्छ गजलकार ।
(रचना -अक्टोबर २ /२०१० )
0 comments:
Post a Comment