( बियोगान्त गजल )
झुक्क्याइ मेरो मन यो तिम्ले हाँसेर गएछौ
प्रेमको झुटो माला पो फेरि गाँसेर गएछौ ।
जानु नै थियो मबाट पर पराइे बनेर
स्वार्थको टिका निधारमा मेरो टाँसेर गएछौ ।
उम्रँदै थियो पालुवा प्रेम कसरी उजाड्यौ ?
कोपिला पनि नछाडी आज मासेर गएछौ ।
कोमल मन सुरक्षित थियो आज यो के भयो ?
धारिलो छुरा मुटुमा मेरो भासेर गएछौ ।
भन्दथ्यौ तिमी प्रेम यो हाम्रो आजन्म रहन्छ
निष्ठुरी बनी निर्मल प्रेम मासेर गएछौ ।
(रचना - अक्टोबर १ /२०१०)
0 comments:
Post a Comment