Sunday, February 5, 2012

गज़ल


 (श्रिङारिक  गजल )

खुलेर राख्यो प्रस्ताव प्रेम हाँसेर उसले
भुलाई दियो मनको ब्यथा नासेर उसले /

जिन्दगी यस्तै हँसिलो भो र बाँच्नुको सार भो
प्रेमको चिन्ह छात्तीमा फेरि टाँसेर उसले /

दु:खको पहाड यस्तरी ढल्यो पाएर साहारा
छायो नी हाँसो पीडाको बोझ मासेर उसले /

सुखको फूल उमारी दियो निश्छल छात्तीमा
प्रीतको बोट मुटुमा उन्यो भासेर उसले /

मन यो सधैं रमाइ रह्यो उसकै प्रेममा
नचुंडने गरि मायाको डोरी गाँसेर उसले /

आचार्य प्रभा (रचना -सेप्टेम्बेर २१ /२०१० )

0 comments:

Post a Comment