सम्झनामा तिम्रो निम्ती दियो मैले बाली राखेँ
तिमी फर्की आउँछौ भनी मन पनि खाली राखेँ ।
जिन्दगीमा नपाएको पीडा पनि तिम्ले दियौ
सुख दु:ख बाँड्छौ भनी आशा धेरै पाली राखेँ ।
सँगै मिली रोपेका ति सयपत्री मखमली
मासिएर जान्छ भनी गोड्मेल् गर्न माली राखेँ ।
तिमी सँगै जिन्दगीका हरपल काट्न भनी
सुस्त सुस्त आफ्नो पाइेला सधैं मैले चाली राखेँ ।
तिम्रो मेरो प्रेमरुपी महलको निसानीमा
आजन्मलाइे रहोस् भनी जग मैले हाली राखेँ ।
( रचना -अक्टोबर/ ८/ २०११ )
0 comments:
Post a Comment