Wednesday, February 8, 2012

गज़ल



बिछोडमा आँखा बग्दा आसुँ पुछ्ने हात कहाँ
सम्झनाले छाती पोल्दा शितल् छर्ने साथ कहाँ?


मन दुख्छ बिरक्तिमा छाती पोल्छ बिछोडमा
सधैं खुशी सुस्वास्थ्यमा रहने त्यो गाथ कहाँ ?


सम्झनाको सेरो फेरो घुम्छ सधैं वरिपरि
कोल्टे फेर्दै प्रहर् काट्दा निन्द्रा दिने रात कहाँ ?


स्वार्थ रहित् दुनियाँ त अब कहाँ भेटिनु र
परिस्थिती यस्तै भनी झुकाउँने माथ कहाँ ? 


सर्व श्रेष्ठ प्राणी भन्नु मानिसकै जात भन्छन्
आश्वसन भर्दै दिने कस्को होला बात यहाँ ?


(रचना -अक्टोबर/ ५/ २०११)

0 comments:

Post a Comment