Wednesday, February 8, 2012

गज़ल



दिउँला मेरो माया यो चोखो सधैं नै खुशी हौ
पुग्नेछ तिम्रो दिलको धोको सधैं नै खुशी हौ । 


आफुमा जस्तो पर्दछ पीडा सबै नै सहुँला
नदेख्न परोस् ति आँखा रोको सधैं नै खुशी हौ ।


ईश्वर भाक्छु तिम्रो नै लागी दुई हात् जोडेर
नहुनु कैले मायाको भोको सधैं नै खुशी हौ ।


सधैं नै बन्नु सबैकी प्रिय संसार भरिमा
म बनि दिएँ बलिको बोको सधैं नै खुशी हौ। 


स्वतन्त्र बन्नु जीवनमा तिमी यहिनै कामना
खोल्दिन कैले मायाको पोको सधैं नै खुशी हौ । 


( रचना -अक्टोबर/ ९/ २०११ )

0 comments:

Post a Comment