(श्रिङारिक गजल )
तिमीलाई,माया माँग्न नजर झुकाइ आएँ आज
तिम्रै साथ,पाउँ भनि मन्दिर मन्दिर धाएँ आज ।
जिउनुको,अर्थ छैन पाउन्न सामिप्य भने तिम्रो
तिम्रै माया,सम्झी मैले रचेर गजल गाएँ आज ।
झरिदिन्छ,बर्षा भइ नयन अनायस किन किन ?
नमेटिने,याद साँची मायाको तगारो लाएँ आज ।
संसारको, रीत भन्दा मायाको आधार बेग्लै हुँदा
आजन्मको,साथ दिन कसम मनले खाएँ आज ।
इश्वरको, बर भनुँ भाग्यको लेखनी भनुँ तिमी
हृदयले,चाहे जस्तै मायाको अवतार पाएँ आज ।
(रचना -सेप्टेम्बेर / २०१० )
0 comments:
Post a Comment