(श्रीङारिक गजल)
गल्बन्दीको धागोसरी उन्को मनमा बुनिएँ म
आजाद् हुन गार्हो भयो कस्तोगरी थुनिएँ म ।
धेरै थिए फूलहरु ढकमक्क फुलेका ती
आकर्षण केथ्यो म'मा?उन्कोलागी चुनिएँ म ।
मेरो यौवन् ऐँशेलु झैँ गलीजाने फल थियो
नझर्ने त्यो माला बनी मायामा पो उनिएँ म ।
लेख्ने गर्थे उन्ले मलाई हरफ् बनाइे कबिताको
अचम्म भो!आज भोली गजल् बनी सुनिएँ म ।
रुमाल् सम्झी राख्ने गर्थे उन्ले मलाई गोजीभित्र
नचुँडिने धागो बनी उन्कै दिलमा तुनिएँ म ।
( रचना - सेप्टेम्बर/ २२/ २०११ )
0 comments:
Post a Comment