Wednesday, February 8, 2012

गज़ल



       दु:ख अनी पीडाको नै सधैं माला उनें मैले
       कैले सम्म निराशाको मैलो जल छुने मैले ?


...    हाम्रो देशको राजनीती मदारिको खेल जस्तो
       यस्तो खबर सुनेर नै कती दिक्क हुने मैले ?


       गएछ है भुकम्प नि नब्बे सालमा गएसरी
       तिक्त बज्र पर्‍यो अरे यस्तै पीडा सुनें मैले ।


       देशको भलो गर्छु भनी दु:ख ब्यथा समेटेर
       छानी छानी त्यँहिबाट संघर्ष नै चुनें मैले ।


       सतीको नै श्राप हो कि किन यस्तो दीन दशा ?
       आफ्नै कर्म सम्झी सम्झी कती दिन रुनेँ मैले।


रचना - सेपेटेम्बर २१ दिनको २.४० ( अमेरिकी समय )


ghayalko tarahi musayara.

0 comments:

Post a Comment