तिमी भन्थ्यौ मेरै गीतमा सँगीत म भर्ने गर्छु
सत्य कसम् खाँदै भन्थ्यौ तिम्रै निम्ती मर्ने गर्छु ।
दोधारमा अल्झेँ हेर विश्वासमा बल्झिएँ म
फेरि भन्थ्यौ हतासिँदै तिम्रै भर पर्ने गर्छु ।
कस्तो प्रेम गर्न थाल्यौ नत यस्को टुँगै लाग्ने
भन्थ्यौ तिमी सारा खुशी मेरै लागी हर्ने गर्छु ।
टाढा हुँदा छट्पटिन्थ्यौ ब्याकुल् बनी पल काट्थ्यौ
सुनाउँथ्यौ बिह्वल् बनी आसुँ बन्दै झर्ने गर्छु ।
बिछोडको बेदनामा तड्पिएर बाँचे पनि
साउतिमा भन्थ्यौ मलाई पूजा तिम्रै गर्ने गर्छु ।
( रचना -अक्टोबर/ ९/ २०११)
0 comments:
Post a Comment