Wednesday, February 8, 2012

गज़ल

के हो ठेगाना गाउँको तिम्रो ?सोध्दैछु मनले
मेरो मनको राजा हौ भनी सोंच्दैछु मनले ।


आफ्नै मन नै रहेन अब काबुमा यसरी
कँहा रहेछ माया यो भनी खोज्दैछु मनले ।


कस्तो रहर मनको हेर संसारै उज्यालो
मीठो जलन रित्याइे आज पोख्दैछु मनले ।


नौलो अन्जान मान्छेको मन बुझ्न नै सकिन
अन्जान् भएनी साईनो गाँस्न रोज्दैछु मनले । 


किन कसरी थाहा नै छैन मन यो भारी भो
आफ्नै मुटु यो भएर गर्हौं जोख्दैछु मनले । 


रचना - सेप्टेम्बर/ ६/ २०११ 

0 comments:

Post a Comment