आँखा आँखा जुद्धा जुद्धै माया बस्दोरै'छ नि
त्यै मायाले कस्तोगरी मुटु कस्दोरै'छ नि ।
पराइेको प्यार मीठो धोका नदिए सम्म
ख्यालै ख्यालमा मनपनी त्यसै फँस्दोरै'छ नि ।
जती लगाउँ बार बेरा मनको कोठेबारीमा
माखे साङ्लो तोढेर नै अरु पस्दोरै'छ नि ।
जती भनुँ भित्री मनले माया गर्दैगर्दिन
तर पनि प्रेमकै रंग मनले घस्दोरै'छ नि।
कोमल् मुटु जोगाउँन लौन गार्हो भयो है
यो हृदय प्रेमरुपी नागले डस्दोरै'छ नि ।
रचना -सेपेटेम्बर/ ६/ २०११
0 comments:
Post a Comment