Saturday, February 4, 2012

गज़ल


( मातातिर्थ औंशीको पुनित अवसरमा )
                   
जन्म दियौ कर्म दियौ जीवनको दर्शन दियौ
आखिर त्यस्को बदलामा तिमीले त के पो लियौ ?

परिवारको सुरक्षामा जिन्दगी नै सुम्पिएर
आधामरो भएर नै जीवनको सार जियौ ।

दश धारा दुधको भार हामीले त तिर्नै पर्छ
नाँगो शरीर हाम्रो ढाक्न भोटो नाना पनि सियौ ।

बाल बच्चा पालन पोषण गर्ने भार तिम्रै थियो
दु:ख सुख अभावमा कती आसुँ तिम्ले पियौ ।

 बालकको चाकरमा तिम्रा उमेर त्यसै बिते
आफुलाई घोटेर नै सिद्रा बन्दै तिमी खियौ ।

संसारमा सबैभन्दा आमा जात उच्च हुन्छ
एैले मात्र होइन है सत्ययुगकी  देबी थियौ ।

0 comments:

Post a Comment