Saturday, February 4, 2012

गज़ल


कुनै पल रोएर बित्छ कुनै पल हाँसेर पनि  
कुनै क्षण रमेर बित्छ कै'ले मन भाँचेर पनि ।

जीवनको परिधीभित्र बिवश बनी बाँच्नुछ अझै
आफ्नै ठानी दु:ख र सुख हाँस्नु पर्छ साँचेर पनि ।

बज्छ सधैं बिरह गीत सुन्नै पर्छ आखिर हाँसी
बित्छ पल मुस्काइे सधैं बिना दर्शक् नाँचेर पनि ।

मन हुन्छ खुशीको पल साँची राखुँ जीवनभर सधैं 
अफ्सोच!तर बुझ्दछ मन सुक्खा पत्झड् गाँसेर पनि  ।

कर्म रेखा लेखियो कस्तो थाहा छैन आफ्नो नै आज
रम्दैछु म खुशीको टिका निधारमा टाँसेर पनि ।

0 comments:

Post a Comment