Tuesday, February 7, 2012

गज़ल

 (कारुणिक गजल )


पुरानै छन् जून तारा उहि नै छ रात  उस्को ?
तर किन लाग्छ नौलो अतितको बात उस्को  ?


मन पनि उही नै हो बिचार पनि  सधैं उस्तै
किन किन यस्तो लाग्छ  अपरिचित हात उस्को ?


पिएकै छु आसुँ मैले अरु बाँकी के नै पिउँ ?
उस्लाई त सधैं मीठो बेहोसीको मात उस्को ।


दु:ख सुख बाँड्ने हाम्रो प्रण थियो जूनिभर
सधैं अहम् बाँड्दै हिंड्ने पौरषता जात उस्को ।


यस्तो लाग्छ कैले कहिं उस्को साथ अटुट् बनोस्
प्यारले नै दिए बरु मुटु दुख्ने घात उस्को  । 


रचना -11/14/2010

0 comments:

Post a Comment