Tuesday, February 7, 2012

गज़ल





सुन्दैनन् कोही  किन हो कुन्नी  पीडा यो मनको
बुझ्दैनन् कोही  कसैले पनि  ब्यथा यो तनको ।


तापेर राप जलेर यहाँ  खरानी भएको
सुन्दैनन् कोही कहिले पनि कहाली बनको ।


मिलाइ मन भन्दछन् यहाँ भावना बाँडौन
कसैले बुझ्न सकेनन् कठै स्वार्थ यो जनको।


कसैको केही स्वार्थ छ भने जानोस उसैले
कसले देला बचन यहाँ  आ-आफ्नो पनको /


स्वाभिमान् जत्ती/भएनी यहाँ/भेटिन्न दयावान्
आखिर सबै लालच गर्छन्साँचेकै धनको /
(रचना मे २५ /२०१० )

0 comments:

Post a Comment