Wednesday, February 22, 2012

रुबाइेयत

मृत्युको सम्मुख नपुगी नै मार्‍यौ तिमीले आज
नसोंचेको जालसाजी कुरामा पार्‍यौ तिमीले आज 
दिनुसम्म दियौ पीडा सहनै कठिन पर्‍यो मलाई
जब सक्यौ तिम्रो खेल गोहीरुपी आसुँ झार्‍यौ आज ...../
 

सहनु सहें तिम्रो ब्यवहार एकदिन त बद्लिन्छौ भनि
पर्खनु पर्खेँ सुबिचारले तिमी आकाश झैँ अग्लिन्छौ भनि
ब्यर्थै रहेछ मेरो आशा तिम्रो बद्लाईको मापन गर्ने
धैर्य गरें तिरष्कारमा पनि कुनै दिन त पग्लिन्छौ भनि ...../
 

रुवाईको अर्थ आसुँ मात्र होईन बुझ्नु मनको दर्द
बाहिर हाँसेर लोलोपोतो गर्दै भित्र चलाउँछौ कर्द
साहारा ठानें जिन्दगी सम्झें आफूलाई अर्पित गरि
सोँचाई अवश्य गल्ति नहोला सृष्टिको जग मर्द ...../
रचना - फेब्रुवरी २२ /१२

0 comments:

Post a Comment