Friday, February 24, 2012

रुबाइेयत

यहाँ पनि,वहाँ पनि ताली पिट्ने उही हात
जब आँखा खुलिसक्दा अनि पाउँछ घात,
एकै ताली,दुई धारमा भलो कहाँ हुन्छ ?
यसैले नै चिनिन्छ है नेपालीको जात......../

बैमानीलाई मान दियो अझ ठुलो शत्रु बन्छ
बैगुणीलाई गुण गर्‍यो अझ आफै मै हुँ भन्छ
जमानाकै दोष हो कि मान्छेको नियत खराब
जति आफ्नोपन दियो उति आफ्नै खैरो खन्छ

जिन्दगीमा बाधा अड्चन बटुवा झैँ आईरह्यो
यो मनले बिरही गीत कोईली झैँ गाईरह्यो
कर्ममा लेखिएको यस्तै रैछ लेखनी नै
यो हृदयले अक्सर गरि  चोट,ब्यथा पाईरह्यो
रचना - फेब्रुवरी -२४ /१२ 

0 comments:

Post a Comment