(देशप्रती समर्पित गीत )
भन्थ्यौं हामी खुकुरी हो नेपालीको ठुलो शान
यसैले नै गोर्खालीले राखे है इज्जत मान
अब कहाँ रह्यो यस्तो गौरवताको हाम्रो बोली
दन्त्य कथाको पहिरन भयो सुन्दर त्यो चौबन्दी चोली ......../
ढाका टोपी ढल्कँदा शीर नै उच्च देखिन्थ्यो नि
हर आत्मामा नेपालीकै मीठो गाथा लेखिन्थ्यो नि
दौरा सुरुवाल इष्टकोटमा नेपालीको चिनारी थियो
अहिले भने हाम्रो पहिचान कुन संस्कारले किन लियो ......../
देख्थ्यौं हामी सपनीमा हाम्रै पौरख हाम्रै काम
पेट भर्थ्यौं हाँसी खुशीले खाई आफ्नै खोले माम
अब कहाँ रहे ती आँखा जहाँ मीठा सपनी आउँथे
दाजु भाइ दिदी बहिनीले संगै रमाई गीत गाउँथे .........../
शीरमा मजेत्रो लत्रीदिँदा आमाको मुहार सुरक्षित लाग्थ्यो
दु:ख,कष्ट,पीर,ब्यथा क्षणभरमै कहाँ भाग्थ्यो
अब कहाँ रह्यो र आमाको खुशी सारा
कस्ले पो लिईदिने अब आमाको कष्ट,भार ............/
रचना -फेब्रवरी २१ /१२
0 comments:
Post a Comment