जब भेट्छु तिमीलाई आँखाबाट आँशु झर्छ
मन त्यसै भक्कानिंदै भित्रभित्रै गाँठो पर्छ ।
टाढा भयौ धेरै टाढा सम्झनाले सताउँछ
खुशी जत्ती किन होला तिमीतिरै झन सर्छ ।
जती हाँस्न खोज्छु अझै अधरमा हाँसो लुक्छ
बिर्सुं भन्छु नाम तिम्रो यो मनले याद गर्छ ।
गह त्यसै भिजिदिन्छ उस्को नाम लिनसाथ
आँखा मात्र कहाँ हुनु ?रोदनले छात्ती भर्छ ।
दिन मात्र कहाँ हो र रात पनि त्यसै कट्छ
अँध्यारोमा निन्द्रा पनि छ्ट्पटीमै ब्यर्थै टर्छ ।
रचना २७ /२०१० /
0 comments:
Post a Comment