Tuesday, February 7, 2012

गज़ल

कसरी आज तिमीले मन अन्तै सार्न सक्यौ
बिर्सेर माया किन हो आज त्यसै मार्न सक्यौ

भेटेको पल भनेका थियौ तिमी मेरो मुटु
भूलेर गयौ कसम कस्तो जालमा पार्न सक्यौ

मनले हो की बाहिरी रैछ थाहा हुनै छाड्यो
नक्कली आसुँ लुकाइ फेरि झट्टै झार्न सक्यौ

प्रेमको रुप फेरेर पनि मेरो सामु आयौ
मायाको जित अवश्य हुन्छ भन्दै हार्न सक्यौ

आजन्म सम्म तिमीनै मेरी भन्दै माया गर्थ्यौ
कसरी आज “प्रभाको” याद तिम्ले तार्न सक्यौ

0 comments:

Post a Comment