Tuesday, February 7, 2012

गज़ल


बनको पाखा उजाड हुँदा कोइली पनि रुन्छ क्यारे
मनको पीडा असह्य बन्दा आसुँले फेरि धुन्छ क्यारे ।

 सुखमा साथी हजार हुन्छन् दुखमा चाहिं एक्लो सबै
दु:खको मानो खाएको बेला आफन्त टाढा हुन्छ क्यारे ।

 खुशीको पल काटेको बेला नजिक बन्न खोज्छन् सबै
दु:खले जब गाँजेको सुन्दा पराइ जाल बुन्छ क्यारे ।

 रमाए मन पराइ पनि आफन्त बनी आइ दिन्छ
दु:खको बोली नसुनी यहाँ सुखको मात्र सुन्छ क्यारे ।

अभाव,पीर जीवन हुँदा सबैले छाडी गइ दिए
दुखीको साथ छाडेर सबै सुखकै साथ चुन्छ क्यारे ।
 (रचना जुलाई ८ /२०१० )  

0 comments:

Post a Comment