Monday, February 27, 2012

कबिता

 ''उ शिशु जस्तै मेरो मनको पाठेघरमा धेरै समय अटाउन चाहदैन ''

हरेक बिहान म भावनात्मक प्रशव पीडाले
आक्रान्त बन्छु ,
त र त्यो पीडामा म दुखेको
आभाष गर्दिन ,
त र त्यो दुखाईमा त मलाई मीठो अनुभुती हुन्छ,
शिशुको जन्मको पीडा जस्तो त्यो दुखाई हुँदैन
अनि  शिशु जस्तै मेरो सृजनारुपी बालक
धेरै समय सम्म मेरो भावनारुपी पाठेघरमा
अटाटाउँन पनि चाहँदैन ........
किन कि उस्लाई त संसारमा रमाउँनु छ
सबैको हृदयाकाशमा उड्नु छ,

 पंख फिंजाएर,
अनि  म... बिना कष्ट ,

बिना पीडा हाँसी  हाँसी  उस्लाई 
मेरो कलमको सहारामा
जन्माउने प्रयत्न गर्छु
उस्को बालशुलभ मनोकांक्षा बुझेर /
म उस्को भाग्यमानी आमा बन्न
सधैं लालायित बन्छु
अनि म पनि उस्लाई जन्म दिइे सकेर
एक पटक खुशी र शान्त्वनाको
मीठो श्वास लिन्छु ,
जसरी... औसत आमाहरु छोराको जन्म पछी
खुशी र हाँसोको खुय्य श्वास लिने गर्छन्
त र... मेरो अर्थ र सोंचमा भने
मेरो भावनारुपी शिशुको भेदभाव हुँदैन
बस... मैले त जन्माउँनु छ
मलाई सधैं भरी बैशाखी भएर 

पाल्ने छोरो हैन,
मलाई सधैं मनमा शान्ति  दिने र
म भन्दा पनि अरुलाई बाँच्न 

अभिप्रेतित गर्ने शिशु
किनकी  म चाहन्छु ,
मेरो स्वार्थको मात्र शिशु हैन
त र संसारकै आमाहरुको रखवाली गर्ने शिशु
जस्ले सारा पीडित आमाहरुको
आसुँ पुछ्न सक्षम होस्
अनि  हर आशामुखी 

बाबुहरुको सपना
साकार पारोस ,
एउटा कुशल योद्धा बनेर
हर बाबुहरुको छात्तिको 

निशाना बनोस्
बिरताको गाथा बनेर
त्यसैले... हर बिहानीमा मैले 

जन्माएको शिशु
मेरो मात्र ब्यक्तिगत सन्तान नबनेर
म साराको सन्तान भनेर 

चिनाउँन अभिप्रेरित बन्छु,
मैले भावनारुपी कोखबाट जन्माए पनि
सबैको भावनामा अटाउँन चाहन्छु /


0 comments:

Post a Comment