जिन्दगीका क्षणहरु सबै सुखद कहाँ हुन्छ ?
निर्दयीको मनलाई चित्कारले कहाँ छुन्छ ?
अरु रुँदा आफ्नो भने आसुँ त्यसै झरी दिन्छ
कठोर मनका आँखाहरू सित्तिमित्ती कहाँ रुन्छ ?
खोलाको अन्जान माछी झैँ झीरमा उनिएँ म
जिन्दगी भर दुर्भाग्यले पीरमा उनिएँ म
जिन्दगी अब यस्तै रै'छ भनेर बाँच्दैछु
नीरिह पशुको मृत्यु रोजी तीरमा उनिएँ म ।
आकाशका ताराहरू कति छन् गन्न सकिन
मनभरी छन् ब्यथाहरू कसैलाई भन्न सकिन
चाहाना थ्यो क्षितिज छुने,भुइँ कुइरो झैँ अल्मलिएँ
सपना पालेथेँ महान बन्ने,त्यो पनि म बन्न सकिन ।
सम्झियौ प्लाष्टिकरुपी फूल र'त सजायौ मलाई
सौन्दर्यको गहना तिमी हौ भनि कस्तरी बतायौ मलाई
कुरोमा थियो साँच्चै वास्तविकता,ब्यवहार अर्कै बन्यो
सजाउँदै आफुलाई,मेरो बैंश मारी गलामा लगायौ मलाई ।
0 comments:
Post a Comment