"कबि बन्ने निरर्थक सपना "
हामीभित्र कम्तिमा
कबि बन्ने सपना छ,
तर खै!!!सपनालाई
साकार बनाउँने प्रयास
हामीभित्र कहाँ छ ?????????
केवल शब्दको भारी
पाठकलाई थुपारी हामी
प्रशंसाको कोशेली थाप्न सँधैं
लालायित छौं ।
कबित्वको ताज भिर्न मात्र
हामी लक्षित छौं ,
यसैले मलाई लाग्छ
सपना पाल्नु मात्र हाम्रो
उदेश्य र चाहना हो भने
किन पाठकको खाँचो
छ त हामीलाई ?
यसैले मेरो शिशु कबित्व भन्छ
आफ्नै गल्ति स्वीकार्दै
कबित्वको सपना पालेर
शब्दको काँचो खेती गर्नु भन्दा
सपनालाई सार्थक पार्न
हर सम्भव शब्दहरूको
गुदिलाई छिलेर निल्न सक्नु पर्छ
अनि यस्तै यस्तै
भावना र शब्दहरूको समिश्रणलाई
बिम्ब र प्रतीकको लेपनले
रङ्याउँन पर्छ,
आफै आफ्नो लेखकीय सन्तुष्टिमा
जब रमाईन्छ तब रचना
रुखो शब्दको खेती वा
फितलो हरफ झैँ बन्दछ ।
यसैले हामी प्रयास गरौं
कबि बन्ने,
तर.......,
मात्र सपना नपालौँ
कबिको फोस्रो ताज भिर्ने ।
रचना -जनवरी -२० /२०१२
0 comments:
Post a Comment