तिम्रो बोली मेरो लागि मिठो आश भो
तिम्रो छात्ती पनि आज न्यानो बास भो /
थियौ तिमी कहाँ कहाँ अन्धाधुन्द मा
तर तिम्रो माया अब मधुमास भो
एक्लो थिएँ निर्बल् थिएँ सँधै जस्तो म
मेरो नीम्ति ओत तिम्रो बाहुपास भो /
जब सम्म एक्ली थिएँ पीडा साथ थ्यो
तिमी आयौ मेरो सामु दु:ख नास भो /
सबै सबै मेरै मात्र कुरा काट्द थे
तिम्रो साथ सबै लाई अब त्राष भो /
(मे ११ /२०१० )
0 comments:
Post a Comment