( समानता रुपी गजल )
नारी मन मात्र कोमल नठान्नुहोस् हजुर
पौरषता सर्वेसर्वा नमान्नुहोस् हजुर ।
लिंगभेद गर्नु हुन्न भन्दछन् है जमाना
अचाहिंदो ढर्रा मात्र नजान्नुहोस् हजुर ।
माने देखी नारी पनि समानताको प्रतीक
रुढिबादी जमानामा नबान्नुहोस् हजुर ।
बराबरी हिँड्न सके पुरा हुन्छ सपना
अघी बढ्यो भन्दै खुट्टा नतान्नुहोस् हजुर ।
हिरा मोती भेट्न पनि ढुङ्गा चिन्नु पर्दछ
मोती भेट्ने ठहरमा नछान्नुहोस् हजुर ।
( रचना २ /२१ /२०११ )
0 comments:
Post a Comment