Wednesday, February 8, 2012

गज़ल



बालकैमा असह्य नै दु:ख पा'को मान्छे हजुर
जीवनमा अनगिन्ती चोट भा'को मान्छे हजुर ।


जहाँ चोट पीडा हुन्न त्यो जीवन के जीवन?
दु:ख अनि ब्यथासंगै मीत ला'को मान्छे हजुर ।


जिन्दगी यो बुझ्नलाई ठक्कर त खानै पर्छ
जन्मैदेखी पीडा बोक्दै म,त आ'को मान्छे हजुर । 


एकदिन सत्य नै छ मृत्‍यु भन्ने अवश्य छ
आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर


परिबन्द समस्याको बोझ बोक्ने भरौटे हुँ
संघर्षशिल बन्नलाई यहाँ धा'को मान्छे हजुर ।


रचना -डिसेम्बर/ २१/ २०११ दिउँसो १ बजे ( अमेरिकी  समय )

0 comments:

Post a Comment