Wednesday, February 8, 2012

गज़ल

नेपालीको घर घरमा दशै जमरा फुलेछन्
हर् आत्माले बिगतका सारा पीडा नै भुलेछन् ।


नयाँ नाना भोटो चोली हेर कती सुहाको ?
केटाकेटी हर्षित् भइे आहा!कसरी खुलेछन् ।


लिङे पिङ् र रोटे पिङ्मा आनन्दले मच्चिँदै
घर जान बिर्सिएर त्यँही हर्षले झुलेछन् । 


सखारै नै उठिवरी टिका अक्षता लगाइे
आशिष् थाप्न आफन्तको घर घरमा डुलेछन् । 


जमरा र अक्षताले खाली निधार रङ्याइे
आमा बा'को आशिर्बाद भित्री मनमा हुलेछन् ।


( रचना -अक्टोबर/ ३/ २०११ )

0 comments:

Post a Comment