Saturday, February 4, 2012

गज़ल

 (प्रेमबियोगान्त गजल )


भैगयो अब म'नै त हारेँ तिमीदेखी
टाढा भो मेरो यो मन सारेँ तिमीदेखी ।

सम्झियौ होला छातीमा बास माँगिरैछु 
बनेर माझी सजिलै तारेँ तिमीदेखी  । 

अग्लियौ तिमी आकाश छुँदै कत्ती चाँडै
आफुनै तल ठानेर झारेँ तिमीदेखी ।

टाढिएँ आज क्षितिज बन्दै तिमीबाट
बनाइ दुरी टाढा नै पारेँ तिमीदेखी  ।

आशाको दियो बालेथेँ मैले मनैभरी
अँध्यारो रोज्दै यो मन मारेँ तिमीदेखी ।   

रचना - १/ १२ /२९११

0 comments:

Post a Comment