( झ्याउरे छन्दमा आँशिक काफिया मिस्रित श्रीङारिक गजल )
झारेर केश मुहारमा मैले लजाए भो अब
रंगिन मीठो सपना पनि सजाए भो अब ।
आशाका मीठा भावना सबै मनमा लुकाइ
तरंग भर्ने मायालु गीत बजाए भो अब ।
निरश पल हटाइ अब आशामा बाँच्नुछ
मनमा फुल्ने बिरुवा अझै जगाए भो अब ।
एैंशेलु सरी भरिलो बनी मोहनी छर्न नै
रुपको मीठो जवानी फेरि मगाए भो अब ।
मान्छेको चोला भोली के होला कसरी जान्नु र ?
दु:खको बोझ सारेर पर भगाए भो अब ।
(रचना -१ /१७ /२०११ )
0 comments:
Post a Comment