'' केवल भावना मात्र आफ्नो लाग्छ ''
मौन छ शहर ,
सडक ,बाटाहरु पनि शुन्य छन
त र मेरो... मन भने
एक तमासले कोलाहलको
आभाषको अनुभुत गरिरहेछ
किन कि मन बेचैनिले उकुसमुकुस छ ,
आँफैमा केही हराएको ,केही गुमाएको
बोध गरिरहेछ ,
किन होला ?
मन अशान्तिको खण्डहर भित्र
अल्मलिरहेछ,
हाँसोका छिटाहरु केवल
मन भित्र नै सिमित छन .
अधरमा निराशा मात्र छाएको छ ।
चाहना र आशाहरुको लीलाम भए झै लाग्छ ,
केवल ...भावना मात्र आफ्नो लाग्छ
शायद ... यत्तिखेर मन
नमीठो पीडामा डुबेर पो हो कि ?
0 comments:
Post a Comment