Wednesday, February 8, 2012

गज़ल



( गजल सम्राट जग्जितमा समर्पित गजल )        




गजल स्वर सम्राट यो धर्तिमा रहेनन् आज
जग्जित मरे भनेर कसैले नि भनेनन् आज ।


अमर त्यो हुन्छ जो धर्तिमा असल बन्छन्
मरेर पनि जग्जित मरेसरी बनेनन् आज ।


आवाजको जादु छरेर संसार नै उज्यालो पारी
गायक मरे भनेर कसैले नि कहेनन् आज ।


बिलाए के भो? जग्जितको शरीर त्यो माटोमा एैले
अमर ठानी कसैले मृत्‍यु पीडा सहेनन् आज ।


खबर थियो दु:खद तरैपनी बुझाए चित्त
शोकाकुल् बनी हावा नि बहेनन् आज ।


( रचना - अक्टोबर/ १०/ २०११ )

0 comments:

Post a Comment