Wednesday, February 8, 2012

गज़ल

( भोको नाँगो बालकहरुलाई माँगी खाने भाँडो बनाउँने नियतहरुमा समर्पित गजल )                         


माँगी खाने भाँडो भयो बालआश्रम जती
लाज शरम पचाएर माँग्न थाले कती ।


डलर जती खल्ती भर्दै रित्तो भाँडो जान्छ
त्रि नेत्र नै बल्छन् हरे बिग्रिएर मती ।


भोको नाङो बालकको पर्चा बाजी गर्दै
दयावानको ढोङ रच्छन् नक्कल पार्दै अती ।


अन्जान ति बालकहरु आधा पेट्मै  सुत्छन्
अघाउँन्जेल् पाउँदैनन् अन्न भने रती ।


यस्तो जाल रच्नु भन्दा खाली हात बस्नु
झुक्क्याएर माँग्या धनले गर्छ ठुलो खती ।


रचना - अक्टोबर/ ३१/ २०११ 

0 comments:

Post a Comment