Saturday, February 4, 2012

गज़ल


बिरही गीत लेख्ने नै थि'न नभए साथ् थिम्रो
सपना मीठो देख्ने नै थि'न नभए साथ् तिम्रो ।

तिम्रो नै आड भरोशा तिम्रो प्यारो छ मलाई
मायाको बाटो टेक्ने नै थि'न नभए साथ् तिम्रो

खुशीको पल समेटी दियौ आएर जीवनमा
उराठ दिन छेक्ने नै थि'न नभए साथ् तिम्रो ।

आशाको दियो यसरी बालेँ मन यो सजाइ
दु:खको गला रेट्ने नै थि'न नभए साथ् तिम्रो ।

भाग्यमा मेरो लेखेको रैछ तिम्रो नै हाजिरी
मनको तिर्खा मेट्ने नै थि'न नभए साथ् तिम्रो ।
(रचना - जनवरी /१२ /२०११ )

0 comments:

Post a Comment