Wednesday, February 8, 2012

गज़ल

बाँधियौ नी कस्सिएर चौबन्दिको तुनामा
राख्यो कि त तिमीलाई मनभित्र कुनामा ।


सक्दैनौ है फुत्किन नी मनभित्रै पस्यौ रे
भाग्छौ कठै!कसोगरी पर्‍यौ अब थुनामा ।


जवानीमा त्यस्तै हुन्छ यस्को भर नपर्नु
अनायस पर्‍यौ क्यारे प्रेमको जादु टुनामा ।


कठोर जती बन्न खोज्यौ झनै पग्ली दिएछौ
मन तिम्रो पग्लि गयो त्यही कोमल मुनामा ।




( रचना -नोवेम्बर -१८/ २०११ )

0 comments:

Post a Comment