Wednesday, February 8, 2012

गज़ल

नगर है मेरो हजुर बाचा तोढ्ने कुरा
नसोंच है भुलेर नि मुख मोढ्ने कुरा ।


साथ मागेँ तिमीलाई जुनी जुनीलाई
नभन्नु है फेरि कतै एक्लै छोड्ने कुरा ।


एकार्कामा विश्वासको नाता गाँसेका छौं
नसम्झ है अर्कैसँग नाता जोड्ने कुरा । 


पिरतिको अंकुर यो भर्खर पलाउँदैछ
नगर है कलिलो मै यस्लाई फोड्ने कुरा ।


जिन्दगीको चौरास्तामा सहौँ  घाम पानी
एक्लै तिमी नसोंच है छत ओढ्ने कुरा ।


रचना- नोवेम्बर/ १८/ २०११   

0 comments:

Post a Comment