Monday, February 13, 2012

हाइेकु / सेन्यु


सुन गहना 
दिनमा नै देखिने
मीठो सपना।

हिरा र मोती
कल्पना र सपना
फुस्रो चाहना ।

साडी र चोलो
देखाउने चलन
नोटको भारी ।

पस्मिना ओढ्ने
अर्को जन्मकोलागी
उधारो इछ्या ।

विवाह चिनो
तिलहरी र पोँतें
रिणमा डुब्दै ।

 रचना- अगस्त/ १८/ २०११

0 comments:

Post a Comment